हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका कार्यपालिका सदस्य चयनका लागि शुक्रबार मतदान हुने भएको छ । मतदानका लागि कार्यतालिका सार्वजनिक गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यतालिका अनुसार मंगलबार मतदाता नामावली प्रकाशन गर्ने, बुधबार मतदाताको विरोधमा दिएको उजुरीको जाँचबुझ गर्ने, बिहिबार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुचना प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो । १३ गते शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म मतदान समय तोकिएको वस्तीले बताउनुभयो । नवनिर्वाचित पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुले मतदात गर्नेछन् । नवनिर्वाचित महिला वडा सदस्य ५ जना र दलित वा अल्पसख्यक ५ जनाले उम्मेदवार दिन पाउनेछन् । जसमध्ये ४ जना कार्यपालिका सदस्य चयन हुनेछ । यस अघि बकैया गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले पनि कार्यापालिका सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ । बकैयामा पनि कार्यपालिका सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिकामा भने नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरुलाई सपथ ग्रहण कार्य भई नसकेकोले हेटौंडामा कार्यपालिका सदस्य चयनका लागि कार्यतालिका सार्वजनिक हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ । सोमबार हेटौंडाको नवनिर्वाचित मेयर, उपमेयरको सपथ ग्रहण कार्यक्रम हुँदैछ । यस्तै भीमफेदी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले नवनिर्वाचित वडाध्यक्ष, वडा सदस्यलाई सपथ ग्रहण गरि नसकेकोले कार्यपालिका सदस्य चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छैन । मकवानपुरका केही स्थानीय तहको प्रमुख र उपप्रमुखले पनि सपथ लिइ नसकेको र वडाध्यक्षहरुले पालिकाको प्रमुखबाट सपथ लिइ नसकेको कारण कार्यपालिका सदस्य चयनको लागि मतदान हुन केहि दिन लाग्ने भएको छ ।