· आसन नै औषधी होःसबै प्रकार मिलेर योग आसनहरुको संख्या लगभग ५०,००० सम्म पुग्दछ । हजारौँ वर्ष पूर्व हाम्रा पूर्खाहरु योगी,ऋषि—मुनिहरुले आविष्कार गरेका योग पछाडि निश्चित विज्ञान रहेको छ । प्रत्येक आसन विशिष्ट ग्रन्थि,अवयव र चक्र (शक्तिकेन्द्र) हरुलाई विशेष प्रभाव पार्दछ ।आज ठाउँ—ठाउँमा अनेकौँ किताबहरु र टी.भी का च्यानेलहरुमा यी आसनको वर्णन र फाइदाको बारेमा जानकारी उपलब्ध छ । तर यहाँ यस कुरामा जोड् दिनुपर्छ कि आसनको अभ्यास आफैँ कुनै योेग्य,प्रशिक्षित र अनुभवी योगा शिक्षकको सघन मार्गदर्शन बिना गर्नु धेरै खतरा जनक हुनसक्छ । तपाईलाई राम्ररी थाहा हनु सक्तैन कि कुन आसनको शरीरमा कस्तो खालको सूक्ष्म र गहिरो मानसिक असर पर्दछ वा कस्तो शारीरिक मानसिक असन्तुलनको लागी कुन आसन छान्नुपर्छ । प्रत्येक व्यक्तिको ग्रन्थिको रचना गठनको साथमा प्राणको उर्जाप्रवाह फरक—फरक हुन्छ ।प्रत्येक मान्छे चेतनाको भिन्नै स्तरमा रहेको हुन्छ । यसैकारण व्यक्ति हेरेर खास—खास आसनको परामर्श अनुभवी योग शिक्षकले खास औषधी जस्तै दिन सक्नुपर्दछ । आफैँ किताब हेरेर वा टिभी देखेर गर्नु भनेको शक्तिशाली औषधी डाक्टरको सल्लाह बिना नै ग्रहण गर्नु जस्तै छ ।
· योगचिकित्साको लागी कतिपय आसनहरुः शरीरमा रहेको विभिन्न कमी,दोषहरु वा रोगहरु निकालेर सामान्य स्वास्थ्य रक्षकमा सहायक र अंतस्रावी ग्रन्थिहरुका खामीहरु सुधारेर भावनात्मक विचलन तथा मानसिक असन्तुलनहरु ठीक पारेर मनको एकाग्रता प्राप्त गर्नका लागी कतिपय आसनहरु अब हामीले हेर्नेछौँ । प्रत्येक व्यक्तिको लागी यी सब आवश्यक पनि नहुन पनि सक्छ । तर यसको लागी विज्ञ योग आचार्य वा शिक्षकसंग व्यक्तिगत परामर्श लिन आग्रह गर्छु । दुष्प्रभाव (साइड इफेक्ट) बाट बच्न अनुरोध छ ।
· अत्यावश्यक आसनको तालिकाः पुरुष र स्त्री शरीरको जैविक संरचना प्रकृतिले भिन्न गरेको छ । सन्तान उत्पत्ति ( बच्चा जन्माउँने) प्राकृतिक दायित्व महिलाहरुले बहन गर्दछ । यसैकारण जुन आसनहरु महिलाहरुमा पुरुष हार्मोन रस बढाउँने खालको असर पार्दछ,गर्नु हुन्दैन । खासगरी बाह्र वर्षको उमेरपछि यौन ग्रन्थिको सक्रियता बढ्छ । एउटा केटी महिला बन्नको यात्रा शुरु हुन्छ । यस समय किशोर अवस्थाको योग्य र स्वभाविक विकासमा सहायक तीन चार ओटा आसनको अभ्यास यथेष्ट छ । फेरि नारीमा भावनात्मक कोषहरु र दाहिने मस्तिष्कको बढी प्रँधान्य हुनाले यस्ता प्रभावत्पादक आसनहरु छन् । योगमुद्रासन,भुजङआसन र दीर्घप्रणाम (अर्धकुर्मकासन),मूलाधार चक्र (मूत्रनली र मलद्धारको बीचमा रहेको स्थान) मा अतिरिक्त दबाब पर्ने आसनहरु भविष्यमा विवाह गर्ने बच्चा जन्माउँने मनसाय राख्ने केटीहरुले गर्नु निषेध छ । ब्रह्मचार्य पालन वा सन्यासीनी जीवन अपनाउँन चाहनेले गर्न सक्छन् ।
पुरुषहरु बढी बुद्धिजीवी वा तर्क प्रधान देब्रे मस्तिष्क हुन्छन् । यसैले पुरुष हार्मोन बढाउँने र स्वभाविक बौद्धिक विकास गर्नेमा मद्धतगार आसनहरु—सर्वोङगासन,मत्स्यमुद्रासन,पश्चिमोत्तानासन र धनुरासन अत्यावश्यक तालिकामा पर्दछन् । तेस्रो लिङ्गीहरुको लागी सोच्नुपर्छ ।