एक पटक राजा अकबर केही भारदार र वीरबलसँगै एउटा विषयमा विचारविमर्श गरिरहेका थिए । अनायास वीरबललाई हाछ्यूँ आयो । रोक्न खोज्दाखाज्दै सकेनन् । वीरबलले हाछ्यूँ गरेको देखेर अकबर क्रोधित भए । उनले भने,“तिमी तुच्छ हुनबाट बच्न नसक्ने भयौ ।”

”हो सम्राट १ मलाई तपाईभन्दा माथिको बनेर यो राज्यको राजा बन्नु पनि छैन ।”वीरबलले भने । उनीसँग केही अघि रिसाएका अकबरको ओठमा मन्द मुस्कान देखियो ।