फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आइतबार १३ जनाले स्वाब परीक्षण गराएका छन् ।

६ जना महिला र ७ जना पुरुषले कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनु भएको छ । संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले बताउनुभयो ।