मदिरा व्यवसायी संघ मकवानपुरको अध्यक्ष चयन हुनुभएका दीपक खत्री (बायाँ) लाई प्रमाणपत्र वितरण गर्नुहुँदै निवर्तमान अध्यक्ष सर्मेन्द्र पौडेल (दायाँ) ।

हेटौंडाः मदिरा व्यवसायी संघ मकवानपुरको १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट दीपक खत्रीको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

शनिबार हेटौंडामा भएको अधिवेशनबाट संघको उपाध्यक्षमा केदार श्रेष्ठ, महासचिवमा राजकुमार केसी, सचिवमा विक्रम बस्नेत, कोषाध्यक्षमा सन्दिप कुमार टिवडेवाल चयन हुनु भएको छ । यस्तै सदस्यमा धनन्जय केशरी, जितेन्द्र कुमार केशरी, ज्ञानेन्द्र महर्जन, रामहरि ढकाल, रबिन्द्र खड्का, शंकर सिंह हमाल चयन हुनु भएको छ ।

साधारणसभा तथा अधिवेशनमा नेपाल मदिरा व्यवसायी संघका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा मदिरा व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष सर्मेन्द्र पोडेलको सभाध्यक्ष्यतामा साधारणसणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।