हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज २१ जनाले स्वाब संकलन गराएका छन् । ९ जना महिला र १२ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
संकलन भएका स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालमा पठाइएको पनि स्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ ।