किन छैन आजादी हामीलाई
किन छैन न्याय
पाउनु पर्ने बाल अधिकार
खै त हामीलाई
कोही गर्छन् घरमा काम
कोही फोहोर टिप्छन्
पेट पाल्न आफ्नो
सपनालाई त्याग्छन्
हात खु्टटा दुखाई
पसिनामा डुब्छन्
पिटाइ खाई अरुको
दुःख कष्ट सम्झिन्छन्
केही नपाई नपाई पनि
खुसी भई बस्दछन्
देश विकास गर्छु भनी
ठूला सपना बोक्दछन्
साना साना कोपिला हामी
भोलि ठूला हुनेछौं
बालश्रम हटाई
बाल अधिकार दिनेछौं