विद्या तिमल्सिना, कक्षा ११, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

मेरो मनमा लुकेका
अनगिन्ती भावना
लुकेको छ भावनामा
मायाको न्यानो संसार
आमा तिमी मेरी हौं र पो
मेरो अस्तित्व छ
माया तिमीले दियौ र पो
मेरो जिन्दगी छ

आफ्नो खुशी खोज्दा खोज्दै
इच्छा चाहानाहरु
कति मारे मैले
नाटककार त आमाबुबा नै हुन्
मनभरी पीडा हुँदाहुँदै पनि
आफ्नो सन्तानको अगाडि
सधैँ मुस्कुराउने गर्छन्

जिन्दगीभर मन परिवर्तन नहुने
भनेको आमाबुबाको हो
समय जति नै बदलिए पनि
छोराछोरीका लागि
माया नबदलिने भनेका नै
बाआमाको हो ।

फूल कहिले
दुई पटक फक्रिँदैन
जन्म कहिले
दुई पटक हुँदैन
पाइन त हजारौँ
मान्छे पाइन्छन् यो संसारमा
तर हजारौं गल्तीहरुलाई
माफी गर्ने आमाबुबा
कहिले पाइँदैन

जुन आमाले तिमीलाई
जन्म दिइन् ती
आमाको मन कहिल्यै नदुखाऊ
जुन पिताले तिमीलाई
पालनपोषण गरे
ती पितालाई कहिल्यै नसताऊ