फाइल तस्बिर ।

हेटौंडा : मकवानपुरमा आइतबार १० जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जनामा गरिएको पिसीआर परिक्षणमा ९ जना र ४ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यस्तै आइतबार संस्थागत आइसोलेसनमा बस्ने १ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । हाल संस्थागत आइसोलेसनमा १० जना र होमआइसोलेसनमा १८२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जिल्ला भरी १९२ जना कोरोका संक्रिय संक्रमित रहेका छन् ।