बामगती प्रदेश प्रमुख यादव चन्द्र शर्मा

हेटौंडाः बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्मलाई आत्मसाथ गनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आइतबार अयोजित कार्यक्रममा उनले संविधानको मर्मलाई आत्मसाथ गरेर अघि बढेमा संघियताप्रति जनविश्वास बढ्ने बताउनुभयो । जसले गर्दा सुखि नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्ति गर्न सहयोग पुग्ने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

संविधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थतन्त्र, समाजिक न्यायमा आधारित समातामुलक समाजको लागि बागमती प्रदेशमा अथाहा प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन, सांस्कृतिक सम्पदा र विविध मानव स्रोतको उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिने प्रदेश प्रमुख शर्माको भनाई थियो । उहाँले संविधान जारी भएको ६ वर्ष पुरा भएको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभेक्षा प्रकट गर्दै कोभिड–१९ नियन्त्रणमा आइनसकेकोले जनस्वास्थ्य मापदण्ड पालना गर्दै संविधान दिवस सुरक्षित तवरले प्रदेशमा मनाउन आग्रह गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको समतामूलक विकासका लागि तत्कालै ‘शुसासन तथा समाजवाद उन्मुख कार्यक्रम’ ल्याउने घोषणा गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा हेटौंडा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको बताउनुभयो ।

समाजिक आर्थिक बिकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंङ्ग र आमनागरिकहरु समेत क्रियाशील हुन आवश्यक रहेको मुख्यमन्त्री शाक्यको भनाई थियो । आजको दिनले बागमती प्रदेशवासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरु आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न आफुरु प्रतिवद्ध रहेको शाक्यले बताउनुभयो । महिलासहितको समानुपातिक समावेशीको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहको सहमति, सहकार्य र सहअस्तित्वलाई अँगाल्दै समृद्धि प्राप्त गर्ने तर्फ प्रदेश आगाडी बढेको शाक्यले बताउनुभयो ।