आचार्य ॐ कारेश्वरानन्द अवधूत

·इम्युनिटी पावर अर्थोत रोगप्रतिरोध शक्तिः— प्रत्येक जीवलाई आफू बाँच्नको लागि संघर्ष गर्नुपर्छ । सबैभन्दा बलियो जीव नै बाँच्छ,यो प्रकृतिको नियम हो । यस प्रतियोगितामा सफल हुनका लागि प्रकृतिमाताले सबैलाई रोगप्रतिरोध क्षमता दिइएको छ,जन्मगत रुपले यसलाई इम्युनिटी पावर भनिन्छ । मनुष्यमा पनि यो हुन्छ । हाम्रो छातीको बीचमा रहेकोे‘थायमस’ ग्रन्थिले ‘टी सेल्स’ नामका सेता रक्तकणहरु (लिम्फ सेल) उत्पादन गर्दछ । यी कोषहरु रोगका जीवाणु वा किटाणुको विरोधमा एण्टीबडी निर्माण गरेर व्याक्टेरिया,भाइरससँग लडेर जीतेपछि रोग शरीरमा पनप्न पाइन्दैन ।

·थायमस ग्रन्थिको सक्रियताः बाल्यवस्थामा यो ग्रन्थी ठूलो र सक्रिय हुन्छ । त्यसैले बच्चाहरुलाई फाहोर वातावरणमा रहर पनि छिट्टै हुने र कुनै रोगले पनि समात्दैन । किशोर अवस्था आउँदा आउँदै यस ग्रन्थि खुम्चिदै गएर चौथो भाग मात्र रहन्छ । यसैकारण ठूलो उमेरमा बुद्धिको प्रयोग गरेर योग्य आहार—बिहार,व्यायाम,आराम,वातावरण र चिन्तन राखेको अवस्थामा रोगसँग लडेर सु—स्वास्थ्य लाभ सम्भव हुन्छ । अन्यथा प्रौढ अवस्था आएपछि संसारको भागदौडको कारण आफ्नो लागी समयको अभावको विभिन्न शारीरिक—मानसिक आधि,व्याधि,तुपाधिहरुले.घेरदैछ । यस ग्रन्थिको बारेमा वैज्ञानिकहरुले अझै पूर्णंत जानकारी प्राप्त गर्नुभएको छैन ।

·भावनाहरुको स्थान अनाहत चक्रः हाम्रो सूक्ष्म शरीरमा स्थित यो चक्र छातीको बीचमा हुन्छ । एककोषीय स्वयम् विभाजन हुने जीवहरुमा यसको अस्तित्व हुदैन । त्यसैले उनीहरुमा स्नेह २ वात्सलय पनि हुँदैन । मनुष्यमा यसको सक्रियताले पुरुषहरुमा यौवनकालमा दाह्री जुङ्गा,छातीमा रौँ उम्रिन्छ,साथैमा सबै जीउहरु प्रति प्रेमको भावना,करुणा,सेवाभाव जाग्दछ । महिलाहरुमा माया मंमता र वक्षस्थलमा दूधको उत्पादन हुन्छ ।