शासन—प्रशासनमा निकै राम्रो काम गरेबापत अकबरले वीरबललाई इनाम दिने घोषणमा नै सीमित भयो अकबरले इनाम भने कहिलै दिएनन् । अफले इनाम पाउने कुरा यिनलाई कसरी सम्झाउने होला भनेर वीरबल चिन्तित थिए ।
एक दिन वीरबल र अकबर यमुना नदीको पासमा घुम्न गएका थिए । नदी किनारमा एउटा ऊँठ देखियो । अकबरले वीरबललाई सोधेँ वीरबल ∕यो ऊँठको गर्धन किन टेढो भएको होला ? वीरबल मुसुमुसु हाँसे । उनले उत्तर दिए , महाराज शायद यसले कसैलाई केहि दिन्छु भनेर घोषाणा गरेको थियो होला तर दिन बिस्र्यो । त्यसकारण यसप्रकार टेढो भएको हो कि ? वीरबलले जवाफ सुनेर अकबर निकै झस्के । उनको अनुहारमा एक्कासि परिर्वतन आयो ।
भोलिपल्ट दरवारमा सभा सकिएपछि अकवरले बिरवलाई पर्खन लगाए । वीरबल सभाभवालमा बसिरहे । अकबरले पहिलै दिन्छु भनेर कवोल गरेको स्वर्णमुद्रा पुरष्कार लिएर आए र वीरबललाई दिँदै भने मेरा घाँटी त ऊँठको जस्तो भइसकेको छैन होला नि हकि वीरबल ?