हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७ नम्बर वडास्थित नागस्वती सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना महामारीका बेला संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मंगलबार स्वास्थ्य केन्द्रलाई १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको हो । सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले वडाध्यक्ष राजन थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिजयबहादुर बस्नेत र प्रबन्धक रामशरण गौतमको पनि उपस्थिति रहेको थियो ।