हेटौंडा अस्पताललाई अक्सिजन सहयोग कार्यक्रममा सहभागी राप्रपाका नेताहरु ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा अस्पताललाई अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग गरेको छ । राप्रपा मकवानपुरले मंगलबार ३५ थान अक्सिजन सिलिन्डर र एकथान अक्सिजन जेनेरेटर सहयोग गरेको हो ।

अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर हेटौंडा अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनँएको छ । मंगलबार बिहान राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित नेता मधु अधिकारीसहित कार्यकर्ताहरु हेटौंडा अस्पताल पुगेर अक्सिजन सहयोग गरेको हो ।