हेटौँडाः हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दुरीको मार्ग बन्द गरिएको हो ।

भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले स्लाब ढलान र पिच गर्ने काम भइरहेको छ । बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सहदेव भण्डारीले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्यारो ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिनुभयो ।