
हेटौंडाः हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र १३ सेमीफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएकोे पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई ३–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।
वडा नम्बर ५ लाई जित दिलाउन सुरज विष्टले खेलको २१ औँ मिनेटमा, सञ्जय श्रेष्ठले खेलको ४५ औं मिनेटमा र टिका चौलागाईले खेलको ६८ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच सुरज विष्ट घोषित भए ।
यस्तै बिहीबार नै भएको दोस्रो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ११ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमीफाइन प्रवेश गरेको हो । वडा नम्बर १३ लाई जित दिलाउन दीपक थिङले खेलको २८ मिनेटमा गोल गरे भने १ गोल आत्मघाती भएको थियो । खेलको म्यान अफ द म्याच दीलिप मोक्तान भए ।