
हेटौंडाः हेटौंडाको हुप्राचौरमा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार पनि २ खेलहरु हुने भएको छ । आज हुने पहिलो खेलमा वडा नम्बर ६ र १४ तथा दोस्रो खेल वडा नम्बर ९ र १३ बिच हुने भएको छ ।
जारी मेयर कपको फाइनल खेल यही फागुन २४ गते हुनेछ । खेलको विजेताले नगद २ लाख तथा उपविजेता हुने समूहले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।