हेटौंडाः हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा निर्माण गरिएको मकवानपुर जिल्लाको मौलिक झल्कने ठेकी । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयले वडाको बजेट ७ लाख रुपैयाँबाट ठेकी निर्माण गरेको हो ।

२०७६ साल असोजदेखी निर्माण सुरु गरिएको ठेकी आगामी २ महिनामा निर्माण सकिने वडाअध्यक्ष किताप सिं लामाले जानकारी दिनुभएको छ । फलामको ठेकी निर्माण गरी राखिएको हो । ठेकी राखिएको क्षेत्रको बगैँचा निर्माण तथा व्यवस्थापनको जिम्मा साई केन्द्र हेटौंडाले लिएको छ । साई केन्द्र हेटौंडाले सर्वसाधारणको लागि खानेपानीको समेत व्यवस्था गर्ने बताएको छ ।