आरध्या भट्टराई, कक्षा ६ नवोदय शिशु सदन

सुगन्ध छर्दै महक भर्दै देवमा चढ्ने
आँगन घर चमक दिने सौन्दर्य बढ्ने
रोपेर फूल आँगन घर शान्त बनाऊ
टिपेर फूल उनेर माला घरमा सजाऊ

झपक्क फुल्दा फुलेको फूल राम्रो त देखिने
खुशीले मन चञ्चल हुने बास्ना छरिने
सबैले हेर्दा फुलेको फूल बास्ना उति नै
बगैँचामा फूल हेरेर मन भयो नि फुरुङ्गै