हेटौँडा : हेटौँडा–५,सानोपोखरामा घरको छतबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाको कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार अधिकारी हेटौँडा आई सानोपोखरास्थित भिनाजुको घरमा बसेका थिए । शुक्रबार बिहान ११ बजेको समयमा तीन तला माथि छतबाट खस्दा अधिकारी गम्भीर घाइते भएका थिए । घाइते अधिकारीलाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा अधिकारीको शुक्रबार दिउँसो २ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।