हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७, मकैबारीमा आँगनबाट लडि घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत मंसिर २७ गते ५० वर्षीय पुर्ण बहादुर तामाङ आफ्नै घरको आँगनबाट १० मिटर तल खस्दा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घाइते तामाङलाई उपचारका लागि न्युरो अस्पताल बाँसबारी काठमाडौ लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान ५ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।