अभिमुखीकरणमा सहभागी किशोरीहरु ।

हेटौंडाः किशोरकिशोरी तथा युवाहरुका लागि २ दिने प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण सोमबार भएको छ । ग्रामीण महिला सेवा केन्द्रले गठन गरेको चुरियामाई युवा सञ्जालले अभिमुखीकरणको आयोजना गरेको हो ।

प्रकाश खतिवडाले सहजीकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनका दाहालको पनि उपस्थिति रहेको थियो । गल्र्स एजेन्सी परियोजनाको लिड एण्ड डिसाइड कार्यक्रमअन्तर्गत किशोरकिशोरीलाई प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा सहभागी किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्य बारे महत्वपूर्ण जानकारी हासिल गर्न पाएको प्रतिक्रिया दिएका छन् ।