हेटौंडाः कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत् हेटौंडा अस्पतालबाट सोमबार २ सय २० जनाले खोप लगाएका छन् । दोस्रो चरणको खोप लगाउन सुरु गरिएको पहिलो दिन आइतबार ७१ जनाले खोप लगाएका थिए ।
कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोपका लागि लागि पहिलो दिन ३० डोज ल्याइएकोमा ७ डोजमात्र खोप लगाइएकोमा सोमबार दोस्रो दिन २२ डोज खोप लगाएको हेटौंडा अस्पतालका अनमी एनिजा महतराले जानकारी दिनुभयो ।
कोरोना भाइरसविरुद्धको द्रोस्रो चरणको खोप पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीहरु साथै स्वास्थ्य स्वयम्सेवक, स्थानीय पालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचांरीहरु, निजामती सेवाका जिल्लास्तरमा कार्यरत कर्मचारी, जनपद प्रहरी, बोर्डरमा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरु, जिल्लाभित्रका पत्रकारहरु, एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिलाई खोप लगाइने हेटौंडा अस्पतालका जनस्वास्थ्य अधिकृत आस्मा दाहालले बताउनुभयो ।