हेटौंडा उपमहानगरपालिका सवारी साधनहरु दुर्घटना हुने धेरै हुने सम्भावनाहरु प्रचुर मात्रामा देखिन्छ । शहरमा बाटोको चौडाइ सानो र सवारी साधनहरुको चाप धेरै छ । हेटौंडामा स्कूटर, मोटरसाईकलहरु देब्रे साइडबाट ओभरट्रायक गर्ने गर्छ र ठाउँ नै नहुने ठाउँहरुबाट बाइक र स्कूटर छिराउँछ । हेटौंडामा मात्र नभई नेपालमा प्राय सबै जसो ठाउँहरुमा यस्तै गर्छ । मालबाहक गाडी टिपर ट्रायक्टर जस्ता सवारीसाधनहरु मूल शहरको बाटोमा जानका लागि अनुमति दिइएको देखिन्छ ।
यी ठूला गाडीहरुले चर्काे आवाजमा हर्न बचाएर सानो सवारी अटो, बाइक र कार जीपका व्यक्तिहरुलाई तर्सिने गरी चर्की सँग हर्ने बजाएर ध्वनी प्रदुषण गरिरहेको पाइन्छ । नेपालमा U (Turn) को व्यवस्था कही छैन् । हेटौंडामा पार्किड्ड व्यवस्था पनि कहि कतै छैन् जता जान्छु हेर्छु र पुग्छ पार्किड्ड निषेध ‘नो पार्किड्ड’ को संकेत मात्रै छ ।
कतै सवारी साधन पार्किड्ड गरेमा पार्किड्ड निषेध भएको ठाउँमा पार्किड्ड गर्नुभयो भन्दै ट्राफिक प्रहरी सरबाट ५००।–, १०००।–, १५००।– सम्मको जरिवाना लिने गरेको देखिन्छ । प्रहरी सरलाई जहाँ पनि ‘नो पार्किड्ड’ छ सर कहाँ पार्किड्ड गर्ने त हामीले आफ्नो सवारीसाधन भनेर प्रश्न गरेमा तपाईहरुको पार्किड्ड एरिया जिल्ला प्रहरी कार्यालय अगाडी र हुलाक कार्यालय अगाडी पार्किड्ड गर्नुहोस भनेर सरहरु बाट भन्नुभयो । काही नभएको जात्रा हाडी गाउँमा ।
अनि सवारी साधनहरुलाई सिमा चोकबाट सिधा चलाउँदै ल्याउँदा ल्याउँदै उद्योग वाणिज्य संघमा आइपुगे पछि संगमचोक जानको लागि दाहिने तिर अटोलाई लानु लाग्दा अटोको दाहिने साइट लाइट बाली अटोलाई सुस्त गतिमा लादै गर्दा एउटा स्कूटर ६० किलोमिटरको गतिमा आउँछ त्यहीबेला मैले दाहिने पट्टिको लुकिड्ड गलास हेरी इमरजेन्सी ब्रेक लगाई अटो दुर्घटना हुनबाट बाचे यदि त्यहाँ दुर्घटना भएको भए क्रस गर्ने अटो गाडीको नै गल्ती ठहर हुन्थ्यो । बाटो क्रस नगरी नहुने त्यही बेलामा भएमा बाटो क्रस गर्नेको साधनको नै गल्ती हुने त्यती बेला सबै क्षति बाटो क्र गर्ने गाडी वा साधनको ।
हेटौंडामा बाटो क्रस गर्ने UTurn system कही क्रस छैन यस्तो नियमले कुनै व्यक्ति सँग व्यक्तिगत रीसिबी र काम गर्दा प्रतिस्पर्धा गर्ने नसक्ने इगो दिमाग भएका व्यक्तिहरुले यहि बाटो क्रस गर्दाको समयमा त्यही टाइमिड्डमा सवारी साधनलाई वाइक स्कूटर वा अन्य सवारी साधनले दुर्घटना बनाई मृत्यु या ठूलो धनजनको क्षति हुनेछ । यता दुर्घटना पनि भयो गल्ती पनि बाटो क्रस गर्नेको भयो । सबै क्षति पनि नेपालमा यस्ता धूर्तनियत भएको अपराधी जो अपराध पनि गर्छ सिस्टम नभएकोले कानुनको सजाय पनि पाउँदैन । या तिर ध्यान जाने हो कि ?
अनि राप्ती पुलबाट गाडीको लस्कर आउँदै ठूलो गाडी वाईपासबाट सानो गाडी सिधै राप्ती रोडतिर बाट गई बसपार्कबाट देब्रे लाइनबाट गाडी आउँदा राप्तीपुलकोबाट देब्रे लाइनबाट गाडी आएको आइ अनि वाइपास रोडको दाहिने लाइनबाट हेटौंडा हस्पिटल जानको लागि क्रस गर्ने लागि १५, २० देखि ३० मिनेट सम्म कुर्दा पनि हेटौंडा हस्पिटलमा तिर जानको लागि बाटो क्रस गर्नको लागि सवारीसाधनले बाटोम राप्ती पुलबाट आएको देब्रे लाइनको सवारी साधन कहिले बाटोबाट सिध्धिएला बाटो खाली होला भनेर कुर्दा कुर्दा समय खेर जाने त्यहाँ कुनै साधन रोडमा चलेको चलै कुनै साधन बाटो क्रस गर्नको लागि कुरेको कुरेही हुने यस्ता समस्याहरु नेपालको बाटोहरुको र सवारी साधनहरुमा देखिएको कमी कमजोरीहरु हुन ।
त्यसकारण यी समस्याहरुलाई न्यनीकरण गर्नेका लागि नेपाल सरकारले नेपालको प्रत्येक महत्वपूर्ण जसतै हेटौंडा नारायणघाट, बिरगन्ज, काठमाडौं, पोखरा, जनकपुर, भक्तपुर, ललितपुर जस्ता शहरहरुमा बाटो विस्तार गरी रातो हरियो पहेलो ट्राफिक लाइट पैदलयात्रीको संकेतहरु घुम्ती बाटोक्रस गर्ने प्रत्येक ठाउँहरुमा जेब्राक्रसिड्ड अनिवार्य पैदल यात्रीहरुलाई अनिवार्य जेब्राक्रसिड्डबाट मात्र बाटो काटनु लगाउने सडकको पेटीबाट मात्र पैदल यात्रा गर्ने जथाभावी फोहर मैला कागजका टुक्रहरु चाउचाउका गुड्खाका खोलहरु प्लाष्टिकहरु सम्बन्धित ठाउँहरुमा मात्र फ्याक्ने यदि यी नियमहरुलाई पालन नगर्नेहरुलाई प्रत्येक शहरको गल्लमिा सडकहरुमा क्यामेरा राखी दण्ड जरिवाना कडाईका साथ गरेमा र सवारी ऐन थप घट गरी या संशोधन गर्नुपरेमा संशोधन गरेमा हाम्रो शहरहरुमा सफ र दुर्घटनाहरुमा न्यूनीकारण गर्ने सकिन्छ । जस्तो लाग्छ मेरो विचारमा अटो चलाउदाका केही अनुभव र मैले देखेको कमजोरीहरु हुन ।