बालकुमार श्रेष्ठ, balkumars466@gmail=com (लेखक : साेसल स्टडिज टिचर्श एशाेसियसन नेपालका महासचिव एवं स्थायी मा.वि.शिक्षक हुन् )

लकडाउनपछि हेटौंडा उपमहानगरपालिका र वानपुरका सबै पालिकाहरूमा विद्यालय खुलिसकेका छन् । शिक्षकहरू उच्च मनाेबलका साथ चार महिनामा काेर्स सक्ने लक्ष्यका साथ लकडाउनमा सिकेकाे विधि र प्रविधिकासाथ कक्षनकाेठामा तल्लिन हुनुभएकाे छ । कक्षा १ र ११ मा परिमार्जित पाठ्यक्रम लागु गरिएकाेमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगराउन रिट दर्ता भएकाेमा फैसला सर्दा आजसम्म विद्यालयहरू कक्षा ११ काे रूटिङ्ग मिलाउँदैमा व्यस्त देखिन्छन् ।

कक्षा १० काे सामाजिक विषयको अभ्यास पुस्तक निकाल्ने क्रममा शिक्षा क्षेत्रका शिक्षक बर्गहरू पनि गुणस्तर भन्दा कुन पब्लिकेसन्सले कमिसन दिन्छ साेहि लेखकका पुस्तक आफ्नो विद्यालयका विद्यार्थीलाई सिफारिस गर्ने रहेछन् । याे मेरो स्वयंकाे अनुभव हाे । सफल एसईई सामाजिक अध्ययन म्यानुअल नामकाे अभ्यास पुस्तकककाे लेखकको हैसियतले मेराे अनुभव त्यहि रह्यो – “तपाईकाे किताब अलि पातलाे रहेछ, विद्यार्थीलाई हेर्न दिएको । त्यसमा तपाईंको फाेटाे पनि रहेनछ, त्यसैले विद्यार्थीले मन पराएनन्, तर तपाईंको पुस्तकमा सन्दर्भ सामग्री प्रशस्तै छन्, गाईड जस्तो प्रश्नाेत्तर छैनन्, त्यसैले मैले उनीहरूलाई खरिद गर्न लगाउन सकिंन ।” याे उत्तर हेटाैंडाकाे अधिकांश र नाम चलेका विद्यालयमा सामाजिक अध्ययन विषय अध्यापन गर्ने शिक्षक/शिक्षिकाकाे उत्तर हाे । पछि १/२ वटा विद्यालयका विद्यार्थीलाई बुझ्दा तपाईकाे म्यानुअल हामीलाई मिस/सरले देखाउनु नै भएन भन्ने जवाफ पाएँ । पछि थाहा भयाे अर्को पब्लिकेसन्सले प्रति पुस्तक रू.५०/- शिक्षकलाई छुट्टयाइएको रहेछ, अनि त्यस्तो प्रतिक्रिया आएको रहेछ ।

याे माथिको घट्ना एउटा प्रतिनिधि उदाहरण मात्र भएकाले साेहि रूपमा लेखमा समावेश गरिएकाे हाे । यसलाई अन्यथा नलिइयाेस, बरू विश्लेषण गरियोस् भन्ने अपेक्षा छ । अहिले लकडाउनपछि सामुदायिक केन्द्रमा र अनलाइनजस्ता वैकल्पिक विधिबाट विद्यार्थीलाई समेट्ने क्रममा पनि कतिपय शिक्षकले विद्यार्थीलाई सुरक्षाको सामग्री वितरण गर्ने क्रममा पनि भेदभावको झल्को आउने गरि बाेलेकाे कुरा हेटौंडा उपमहानगरपालिकाभित्रैकाे विद्यार्थीले सुनाएका छन् । अहिले अफलाईनमा पनि कतिपय विद्यालयहरूमा सुरक्षा सामग्री राखिएकाे तर गेटमा भएकाे हातधुने धारामा पानी नै नआउने समस्या सुनिएकाे छ ।

कक्षाकाेठामा अनलाइन प्रविधिको पहुँचमा वृद्धि गर्न धेरै विद्यालयहरू चुकेका छन् । विद्यार्थीहरू अन्योलमा छन् । कक्षा ११ गतबर्ष पढेका विद्यार्थीले पनि परीक्षा सारियाेस भन्ने भाव राखिरहेका बेला देशभरमा र हेटौंडा शहरमा समेत काेभिड १९ काे संक्रमण समुदायस्तरमा सरेको हाे कि भन्ने आशंका सहित संक्रमितको संख्या बढेकाे छ । त्यसैले हेटौंडा उपमहानगरभित्रका +२ पढाई हुने विद्यालय तथा क्याम्पसहरूले सबै बाेर्डकै प्रक्रिया अपनाई विद्यालयबाट भदौ १० देखि लिने भनिएकाे कक्षा ११ काे परीक्षा समेत अर्को सुचना नभएसम्म नलिनु भन्ने सुचना राष्ट्रिय परीक्षा बाेर्डले निकालेकाे छ ।

घरमा भएका, शैक्षिक बर्षकाे ५ महिना गएका विद्यार्थीलाई शैक्षिक बर्ष खप्टिन नदिन शिक्षकहरूले टाेलटाेलमा पढाउने, अनलाइनबाट पढाउने, साप्ताहिक गृहकार्य प्याकेज दिनेजस्ता कार्यहरूले केहि मनाेबल उच्च बनाउदै थियो । फेरि टाेलटाेलमा जाँदा संक्रमणकाे डर भयाे । जिल्ला प्रशासन कार्यालयले नै प्रत्यक्ष भेटघाट हुनेगरी पठनपाठन नगर्न नगराउन सुचित गर्याे । अब विद्यार्थीलाई फेरि कक्षा छाड्ने संभावना बढेको छ । किन सबैले विद्यार्थीलाई सम्पर्कमा रहेर हाैसला दिएकाे र मनाेबल गुमेको छ कि छैन भनि अनुगमन तथा सुपरिवेक्षण गर्ने संयन्त्र नबनाएकाे हाेला । याे काम स्थानीय तहकाे शिक्षा विकास शाखाले हेर्दा सुक्ष्म तहमा अनुगमन गर्न सक्छ ।

विद्यार्थीलाई दिइने सन्दर्भ पुस्तकमा चरम राजनीति र गुटबन्दी गर्ने शिक्षकले अहिले कुन सन्दर्भ सामग्री दिंदा विद्यार्थीले घरमै स्वाध्ययन गर्न सक्छन् ? त्यतातिर सबै शिक्षककाे एकिकृत प्रयास हुनुपर्छ । अहिले नगरपालिकाले प्राथमिक दरबन्दी मिलानकाे क्रममा छ, यसबाट पनि बढी विद्यार्थी भएका विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्छ । तर त्यसमा पनि शिक्षक नेतृत्वले सरूवा र वढुवामाजस्ताे व्यक्ति विशेषकाे व्यवहार देखाउनुभयाे भने निश्चय नै सामाजिक न्याय नहाेला । विद्यार्थीलाई फाेन सम्पर्क गर्ने, सामाजिक सञ्जालबाट जाेड्ने र केहि हदसम्म अनलाइनमाअध्यापन पनि गर्ने काम हेटाैंडाका विद्यालयहरूले गरेको काम सर्हानीय छन् । तर कतिपय विद्यालयका प्रशासनले शिक्षकबीच नातावाद कृपावाद हेरेर काम गर्ने तर अघिपछि नलाग्ने शिक्षकलाई त भेदभावपूर्ण व्यवहार भैरहेको छ भने विद्यार्थी सम्पर्क गरेर मनाेबल गिर्न नदिने कामलाई सन्तुलित रूपमा अघि बढाएका छन् भन्ने कुराकाे प्रत्याभुति कुन निकायले गर्नसक्छ?

चाहे ११/१२ का हुन चाहे १-१० का विद्यार्थी हुन्, उनीहरूकाे शारीरिक, मानसिक र संवेगात्मक सक्रियता सहितकाे सिकाईकाे क्रम टुटेकाे ५ महिनाभन्दा बढी भैसक्याे । संक्रमणकाे जाेखिम आफ्नो ठाउँमा छ, पहिलाे जीवन हाे, घरदैलाे र टाेल सिकाई केन्द्र अहिले स्थगित नै गराैं । तर हरेक टाेलमा १ जना स्थानीय बुद्धिजीवीले सम्पर्क गरेर विद्यार्थी र अभिभावकलाई हाैसला दिने, याे विश्वव्यापी समस्या हाे, याे समयमा घरमा गर्ने कामसंग सम्बन्धित परियाेजना गर्नुहाेस, पछि त्यहि परियोजना कार्यकाे आधारमा मुल्यांकन गरि केहि सैद्धान्तिक पाठहरू मात्र पढाएर भएपनि कक्षाेन्नति गरिन्छ भनी परिचालन गर्न सकिन्छ । त्यसका लागि स्थानीय तहले विद्यालयहरूकाे कामकाे अनुगमन र मापनकाे व्यवस्थापन गर्नुपर्छ । संघिय तहमा कार्यविधि बन्दैछ भन्ने सुनिन्छ । त्यसले पनि नीतिगत बाटो खाेलेर बिद्यार्थीहरूकाे शैक्षिक बर्ष खप्टिन दिन नहुने वातावरण याे काेभिड १९ काे प्रकाेप न्युनिकरण नभएसम्म काम गर्न सक्छ । ११ का विद्यार्थीको प्रश्न नै परीक्षा हुन्छ कि हुँदैन भन्ने नै हुन्छ । उनीहरू केही हदसम्म काेराेनासंग डराए पनि धेरै हदसम्म एसईई कक्षाजस्तै आन्तरिक मुल्यांकनबाट हाेस भन्ने सहज प्रक्रियाकाे अपेक्षा गर्दा रहेछन् ।

कुनै पनि तहका विद्यार्थीले कक्षा छाड्नु, काेराेनाकाे डरत्रासमा बस्नु र आफ्नो शैक्षिक भवपष्य के हुन्छ भनेर लिने चिन्ताले उनीहरूकाे मनाेबल गिर्न सक्छ । यस्तो हुनु भनेकाे अपुरणीय शैक्षिक क्षति हाे । यस्तै यस्तै समाचार अहिले धेरै पढिएकाे शैक्षिक समाचार हाे, तर ठाेस उपायहरू अनिवार्य रूपमा लागु गरिएको अवस्था छैन । त्यसैले याे केवल सैद्धान्तिक बहसमात्र बन्दै गैरहेकाे छ ।त्यसकारण विद्यार्थीकाे मनाेबल गिर्न नदिन शिक्षकले भन्दा अभिवावकले बढी समय दिनुपर्ने प्रष्ट छ । अभिभावक र सामुदायिक शैक्षणिक नेतृत्व सचेत रहनुपर्छ । शिक्षक र विद्यालय प्रशासनले पनि विद्यार्थी र अभिभावकसंग वैकल्पिक माध्यमबाट निरन्तर सम्पर्क गरेर हाैसला बढाउनुपर्छ ।

अहिलेकाे विषम परिस्थितिमा पनि हेडमास्टरहरू परम्परागत र प्रकृयागत प्रशासनिक नियम लागु गरि शिक्षकलाई नियन्त्रण गर्ने , आफ्ना मनपरेका शिक्षकलाई काम नगरेपनि छुट दिने, आफुलाई वि.व्य.स.अध्यक्षकाे चाकडीमा लगाउने, याेजना कागजमा मात्रै सिमित राख्ने, अरू शिक्षकले काम गर्दागर्दै केहि सुस्त भएमा घरका नाेकरलाईजस्ताे वचन लगाउने गर्छन् । नेता र शिक्षा प्रशासनलाई रिझाउने र शिक्षकवीचमा विझाउने व्यवहारले शिक्षककाे मनाेबल गिर्छ, पिडित शिक्षकले अभिभावक सम्पर्कमा रूचि देखाउदैन र कतिपय अभिभावक अशिक्षित भएमा विद्यार्थीकाे मनाेबल उच्च राख्न आफै प्रयास गर्न सक्दैनन् ।

त्यसैले वर्तमान विषम परिस्थितिमा विद्यालयकाे गतिविधि, विद्यार्थीकाे वैकल्पिक प्रविधिमा आधारित सिकाई, हेडमास्टरहरूसंग शिक्षाविकास महाशाखाले गरेकाे सम्झाैता अनुरूपका कार्यहरू यकिन गर्न पालिकास्तरबाट याेजनाबद्ध अनुगमन तथा सुपरिवेक्षण गर्ने प्रणाली स्थापित गरी विद्यार्थीकाे मनाेबल उच्च पार्नुपर्दछ ।