हेटौंडाः काठमाडौं जिल्ला टोखा नगरपालिका–११ घर बताउने ७४ वर्षीय पदमबहादुर श्रेष्ठलाई परिवारको जिम्मा लगाइएको छ । गत कार्तिक २७ गते हेटौंडा बसपार्कबाट उद्दार गरिएका वृद्धलाई छोरा र नातिले हेटौंडास्थित आश्रममा आएर लगेको मानवसेवा आश्रमका होमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

उहाँको उद्दार पश्चात मानवसेवा आश्रमले टोखा नगरपालिका ११ घर बताउने श्रेष्ठको परिवारको खोजी गरेको थियो । यस्तै उद्दार भएर आश्रममा ल्याइएका श्रेष्ठको अभिभावकत्व भने हेटौंडा उपमहानगरपालिकाले लिएको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आवश्यक लत्ताकपडाको व्यवस्थापन गर्नुभएको थियो । मानवसेवा आश्रम हेटैंडाले पनि आफ्नो क्षेत्रमा भेटिएका सहयोगापेक्षीको व्यवस्थापनको लागि हरेक स्थानीय तहले खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार व्यवस्था गरे सेवामा सहजता हुने जनाएको छ ।