हेटौंडाः मकवानपुरमा मङ्गलबार बिहान ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ८ जना र भीमफेदी गाउँपालिकाका १ जना रहेका छन् ।

सोमबार सङ्कलित २७ जनाको स्वाब नमूना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।