हेटौँडाः खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आईतबार साँझ थाहा–६, बज्रबाराहीस्थित बाराही खोलामा डुबेर ६ वर्षीय बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –६ घर भई हाल थाहा नगरपालिका–६, बज्रबाराहीमा लिफ्टिङ सिचाई योजनामा कार्यरत विकास लिम्बुकी ६ वर्षीया छोरी युनिसा राईको खोलामा डुबेर मृत्यु भएको हो । उपचारको क्रममा आईतबार साँझ ६ बजेर ३० मिनेट समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोस्मार्टमका लागि काठमाडौं टिचिङ अस्पतालमा पठाएको हो ।











