Home मुख्य समाचार मानवसेवा आश्रमले ७४ वर्षीय श्रेष्ठलाई परिवारको जिम्मा लगायो

मानवसेवा आश्रमले ७४ वर्षीय श्रेष्ठलाई परिवारको जिम्मा लगायो

हेटौंडाः काठमाडौं जिल्ला टोखा नगरपालिका–११ घर बताउने ७४ वर्षीय पदमबहादुर श्रेष्ठलाई परिवारको जिम्मा लगाइएको छ । गत कार्तिक २७ गते हेटौंडा बसपार्कबाट उद्दार गरिएका वृद्धलाई छोरा र नातिले हेटौंडास्थित आश्रममा आएर लगेको मानवसेवा आश्रमका होमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

उहाँको उद्दार पश्चात मानवसेवा आश्रमले टोखा नगरपालिका ११ घर बताउने श्रेष्ठको परिवारको खोजी गरेको थियो । यस्तै उद्दार भएर आश्रममा ल्याइएका श्रेष्ठको अभिभावकत्व भने हेटौंडा उपमहानगरपालिकाले लिएको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आवश्यक लत्ताकपडाको व्यवस्थापन गर्नुभएको थियो । मानवसेवा आश्रम हेटैंडाले पनि आफ्नो क्षेत्रमा भेटिएका सहयोगापेक्षीको व्यवस्थापनको लागि हरेक स्थानीय तहले खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार व्यवस्था गरे सेवामा सहजता हुने जनाएको छ ।

Exit mobile version