हेटौंडाः मकवानपुरमा बुधबार १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार ४ जना महिला र ८ जना पुुरुषमा कोरोना पुष्टि भएको हो ।
आज हेटौंडा उपमहानगरपालिकाका ११ जना र भीमफेदी गाउँपालिकाका १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।