हेटौंडाः बारा प्रहरीले आइतबार ४ लाख ६८ हजार रुपैयाँ बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीका लागि प्रहरीले भन्सार कार्यालय बीरगन्ज तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जनाएको छ ।
प्रहरी टोलीले बारा जिल्लाको पचरौता नगरपालिका–१ मा भारततर्फ निकासीका लागि लुकाई छिपाई राखेको ५० हजार रुपैयाँ बराबरको २० क्विन्टल छोकडा र बारा जिल्लाकै जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्ज र वडा नम्बर–१, पथलैयामा भारतबाट भन्सार छली नेपाल भित्राएको दुई लाख ५० हजार रुपैयाँ बराबरको प्याज, एक लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती तथा १८ हजार रुपैयाँ बराबरको स्विटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।