निम्न तथा मध्यम आर्थिक अवस्थाका नागरिकका लागि साना तथा मझौला उद्योगको सम्भावनाका बारेमा सरकारले नगन्य कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारी कार्यक्रम पनि पहुँचवाला र प्रभावशाली व्यक्ति र समूहमै सिमित छ । तर, प्रयत्न गर्ने हो र अध्ययनमा केही लगानी गर्ने हो भने आकर्षक साना, मझौला तथा घरेलु उद्यम स्थापित गरी स्वरोजगार हुँदै राम्रो आम्दानी गर्न सफल सकिन्छ भन्नुहुन्छ, व्यवसायी सफल अधिकारी । हेटौंडाका सफल अधिकारी अहिले साना, मझौला तथा घरेलु उद्यमका लागि उपयोगी मेसिनरीको आयातमा सक्रिय हुनुहुन्छ । लकडाउन यता साना, मझौला तथा घरेलु उद्योग स्थापनाको आवश्यकता र महत्व अझ बढेको महसुस गर्नुभएका व्यवसायी सफल अधिकारीसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः साना तथा घरेलु उद्योगका उपकरणको आयात गरिरहनुभएको छ । अहिले के कस्ता उपकरणको आयात गरिरहनुभएको छ ?
अधिकारीः अहिले घरेलु, साना तथा मझौला खालका उद्योगका लागि आवश्यक उपकरणहरु आयात गरिरहेको छु ।
समाजः यस्ता उपकरणको व्यापार कसरी र कहिलेबाट सुरु गर्नुभयो ?
अधिकारीः मैले सुरुवात गरेको अढाई वर्षजति भयो । लकडाउनपछि मैले यो साना, मझौला तथा घरेलु उद्योगको महत्व रहेको महसुस भएको छ । हाम्रो दैनिक उपभोग्य वस्तु उत्पादन गर्न सक्छौं । स–साना मेसिनको प्रयोग गरेर, थोरै लगानीमा नै उत्पादन गर्न सक्छौं । त्यसैले अहिले मैले प्राथमिकता दिएको छु ।
समाजः कस्ता–कस्ता उपकरण र मेसिन आयात गरेर विक्रि गर्नु भएको छ ।
अधिकारीः कपासको बत्ति बनाउने, चप्पल कम्पनि घरैमा एउटा कोठा भित्र सञ्चालन गर्नका लागि ३ लाख ५० हजार मात्र लाग्छ । यसले हेटौंडा बजारमा राम्रो व्यवसाय गर्न सकिन्छ । जस्तो चाहेको त्यस्तै सामान आउँछ । ९०/१०० रुपैयाँमा बजारमा पाउने घरमै उत्पादन गर्दा ४२/४३ लागत लाग्छ । बुढिआमाहरुले हातले नै कपास काट्छन् भने अहिले हरेक चिजको मेशिन आएको छ ।
समाजः मकवानपुर जिल्लका आसपासमा के कस्ता मेसिन विक्री गर्नु भयो र कस्ता उद्यमहरु चलिरहेका छन् ?
अधिकारीः खासमा म औद्योगिक उपकरणहरु सप्लाई गर्थेँ । पहिला कन्भेइङ मेसिनहरु जस्तैः लोडिङ अनलोडिङ कन्भेयर भनेको लोड र अनलोड गर्न मान्छेहरु अहिले एकदमै न्युन छन् । दुई जनाले लोडिङ अनलोडिङ हुन्छ । पहिला १५ जना २० जना लाग्थ्यो भने बीचमा कन्भेइङ हुने भयो एकजानाले हाल्ने भयो एक जनाले तल झारेको मिलाउने भयो । लोडिङ अनलोडिङ कन्भेयर रिमाईन्डर जस्तो घरमा सधैं प्रयोग गर्ने साबुन, चियापति, बिस्कुट, औषधिहरु लगायत हरेक चिजमा एक्सपाएर डेटहरु प्रिन्ट भएको देख्नुहुन्छ । त्यो क्षेत्रमा थिएँ । अहिले मैले मेसिनहरु करिब डेढ सयको हाराहारीमा कम्पनिहरुमा मैले मेसिनहरु सर्भिस, सप्लाई, र मेटेरियल सप्लाई गरिरहेको छु ।
समाजः अहिले हेटौंडाको बजार अथवा हेटौंडाको अवस्थितिको हिसाबले कस्ता–कस्ता साना, मझौला खालका उद्योगका लागि उपयुक्त हुने उपकरण तपाईले विक्रि गर्न सक्नुहुन्छ ? अथवा त्यो खालको मेसिनहरु राखेर उद्योग सिर्जना गर्न सकिन्छ ?
अधिकारीः जुनसुकै उपभोग्य वस्तु उत्पादन गर्ने मेसिन ल्याउन सकिन्छ । सानो लगानीमा धेरै चिज जस्तै, कागजको कप, प्लेट बनाउन सकिन्छ, त्यो पनि साना उद्योगमा पर्छ । अब चप्पलको प्लान्ट, अगरबत्ति प्लान्ट, बेकरी प्लान्ट पनि घरमा सानो हिसाबले गर्ने हो भने एउटा एरियालाई पकेट एरिया बनाएर काम गर्न हो भनेदेखि अढाई लाख, तीन लाख रुपैयाँमा बेकरीको प्लान्ट नै बस्छ । हरेक चिज जे पनि दैनिक उपभोग गरे जे चिज पनि गर्न सकिन्छ । साबुन पनि बनाउन सकिन्छ । ४/५ लाख रुपैयाँ लगानी गरेर साबुन, सर्फ घरमा पनि प्याक गर्न सकिन्छ । यो चिज त्यो चिज भन्ने छैन । कुनै चिज पिसेर प्याकेजिङ्ग गरेर बेच्न सकिन्छ । मसलाका उद्योगहरु साना प्लान्टहरु मसला पिस्ने मेसिनहरु राख्ने ब्रान्डिङ बनाएर चिजहरु बेच्न सकिन्छ । बजारको पनि अवसर पर्छ । धेरै स्वरोजगार हुने अवसर रहन्छ ।
समाजः अहिले तपाईसँग भएको र तपाईले उपलब्ध गराउने मेसिनको मागको स्थिति के छ ?
अधिकारीः मागको स्थिति एकदम बढी छ । यो लकडाउन पछाडी राम्रै सोधपुछसहित सिफारिस भएको छ । जहाँजहाँ मेसिन दिएको छु । उहाँहरु एकदम सन्तुष्ट हुनुभएको छ । जे होस् प्रत्यक्ष नाफामूलक कामहरु गर्न पाउनु भएको छ । आफूलाई खुसी महसुस हुन्छ । आफ्नो घरबाट उत्पादन भएको चिजहरु बजारमा बिक्री हुने एउटा समस्या देखिन्छ । बजारको ब्राण्डले गर्दा तर जो मेसिन प्रयोग गर्नुभएको छ । उहाँहरु खुसी हुनुहुन्छ ।
समाजः अहिले कुन–कुन देशबाट कुन–कुन स्तरको प्रविधि आयात गरिराख्नुभएको छ ?
अधिकारीः हामीले अहिले प्राविधिक सहयोग राम्रो नहुने कारणले गर्दा चीनबाट त्यति आयात गरिरहेका छैनौं । औद्योगिक क्षेत्रमा चीनबाट नै गछौं । त्यहाँबाट मेसिन ल्याएर धेरै बेचेको छु । तर अलिकति व्यवसायीहरुको पनि भाषाको कारणले गर्दा प्राविधिक सहयोगको कारणले गर्दा प्रायः मेसिनहरु मैले भारतबाट ल्याएर मेसिनहरु दिने गर्छु ।
समाजः तपाईले यसरी काम गरिरहनु भएको छ । यो विषयमा काम गर्न चाहनेहरुका लागि परामर्श दिनुपर्यो वा काम गर्न चाहनेहरु तपाईसँग परामर्श लिनुपर्यो भन्ने कसरी तपाईसँग सम्पर्क गर्ने ? कसरी नयाँ उद्यमी बन्न चाहनेहरुलाई परामर्श सेवा दिनु हुन्छ ?
अधिकारीः मेरो एउटा फेसबुक पेज छ । त्यसमा हरेक मेसिनहरु, मैले बेचेका मेसिनहरु मैले फोटो तथा भिडियोहरु अपलोड गरेको हुन्छु । तर, सम्पर्कमा आएका व्यक्तिहरु निराश भएर फर्फिनु पर्दैन । मसँग प्रायः मैले बेचिरहेका मेसिनहरु जस्तो मैले कुनै एउटा कम्पनीसँग टाईअप गरेको छु । त्यो मेसिन बनाउने कम्पनी हो । मलाई यो मेसिन चाहियो । यहाँबाट भन्यो भन्ने यति मूल्यको मेसिन बनाएर पठाईदिनु भनेपछि त्यो मेसिन बनाएर पठाईदिन्छ । मेरो दुईवटा मेसिन उत्पादक कम्पनीसँग सम्पर्क छ । भारतका ती कम्पनिले कृषि सम्बन्धी भन्यो भने कृषि सम्बन्धी मेसिनहरु पठाउँछ । लिक्वर फिलिङ, प्याकिङ सम्बन्धी मलाई सानो र ठूलो मात्रामा जस्तो भन्यो त्यस्तै तयार पारेर पठाइदिन्छ । डस्ट बनाउने भनेपछि जे पनि हुनसक्छ । आयुर्वेदिक हुन सक्छ । हामीले जङ्गलबाट ल्याएको जडीबुटी हुनसक्छ । पिसेर बजारमा बेच्ने । यो सम्बन्धी मैले यो काम गर्न खोजेको छु भन्नु भयो भने त्यही अनुसारको हामी मेसिन मगाएर उपलब्ध गराउँछौं ।
‘एक घर–एक मेसिन–एक उत्पादन’ यो कुरा चीनले धेरै अगाडि गरेको थियो । हामी धेरै पछाडि पर्यौं । स्थानीय सरकार, वाडको वडाअध्यक्ष, नगरपालिकाको नगर प्रमुख, प्रदेशका मुख्यमन्त्री र नेपालका माननीयहरु, प्रधानमन्त्री ज्यूले पनि घरेलु उत्पादनका लागि चाहिने मेसिनहरु अथवा उत्पादन सम्बन्धी चिजहरु कृषि होस् वा उत्पादनको मेसिनहरु होस् र उद्यमी बनाउनका लागि केही न केही कदम चालदियोस् । जसले नेपालको हरेक घर–घर एउटा अर्थतन्त्रमा नेपालमा पनि समृद्ध हुन्छ । हरेक व्यक्तिहरु समृद्ध हुन्थे । आर्थिक क्रान्ति भनेर धेरै सुनियो । त्यो होस भन्ने मैले अपेक्षा राखेको छु ।