हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी छाड्नु भएको छ । आज पार्टी कार्यालयमै एक कार्यक्रमका बीच पार्टीको मकवानपुर जिल्ला अध्यक्षको पद पूर्व जिल्ला अध्यक्ष रामहरि न्यौपानेलाई हस्तान्तरण गर्नुभएका अधिकारीले केन्द्रीय समिति सदस्यको पद समेत छाडेको बताउनुभएको छ । उहाँले अब पार्टीको कुनै पनि पदमा नरहने समेत बताउनुभएको छ ।
आफ्नो घरायसी कारण देखाउँदै पार्टी छाडेको बताउनुभएको छ । आफूले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै पार्टीमा नेताहरुको असहयोग रहेको भन्दै अधिकारीले गुनासो गर्नुभएको छ । जिम्मेवारी हस्तान्तरणपछि सामाजिक सञ्जालमा जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएको छ ।
अध्यक्षको जिम्मेवारी पाउनुभएका रामहरि न्यौपानेले मकवानपुरमा पार्टीलाई बलियो बनाएर अघि बढाउन सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मकवानपुर जिल्लाबाट केन्द्रिय सदस्य मनोनित हुनुहुने राजाराम बर्तौला र बालकृष्ण कार्कीलाई सम्मान समेत गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।