हेटौँडा: हेटौँडामा आज बिहिबारबाट ७ ए साइट नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ स्थित कर्रा युथ क्लबको आयोजनामा श्रमिक माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा १० जना खेलाडी हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।