हेटौँडा : हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । मंगलबार विद्यालयले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरेको हो ।
विद्यालयको शिशु कक्षादेखि ८ कक्षासम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको छ । जेहेन्दार र अनुशासित विद्यार्थीलाई पनि शैक्षिक सामग्रीसहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको सभाध्यक्ष तथा वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयमा ३ सय ७८ विद्यार्थी अध्ययनरत छन् ।