रक्तदान गर्दै रक्तदाता

हेटौँडाः ब्लड डोनर्स एशोसिएशन नेपाल मकवानपुर शाखा (ब्लोदान)को आयोजनामा भएको रक्तदान कार्याक्रममा २३ जनाले रक्तदान गरेका छन । शनिबार बिहान बुदचोकमा भएको कार्यक्रममा ३ जना महिला र २० जना पुरुषले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र हेटौँडाको प्रहविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ए पोजेटिभ रगतको अभाव रहेको छ भने बाँकि समुहको रगत केन्द्रमा अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।