लागूऔषध दूव्र्यसनविरुद्ध अभिमुखीकरण कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः जेसीआई हेटौंडाले जेसीज सप्ताहअन्तर्गत हेटौंडा–९ लामसुरेधापस्थित सिआन महिला पुनःस्थापना केन्द्रमा लागूऔषध दूव्र्यसनविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । वडाका टोल विकास संस्था र आमा समूहका प्रतिनिधिको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा लागूऔषध दूव्र्यसनका कारण, दूव्र्यसनले व्यक्ति र समाजमा पार्ने नकारात्मक प्रभाव, कुलतबाट छुटकारा पाउने उपायलगायतका विषयमा सिआनकी कार्यक्रम संयोजक सन्जु लामिछाने र निर्देशक सौजन डिसीले सहजीकरण गर्नुभएको थियो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरी निरीक्षक विमलाकुमारी कठायतको प्रमुख आतिथ्य तथा जेसीआई हेटौँडाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कठायत र श्रेष्ठले लागूऔषध दूव्र्यसन न्यूनीकरणका लागि समूदायका सबै मानिसहरु जिम्मेवार भएको भन्दै त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।