हेटौंडाः प्रतिबन्धित नेकपा विप्लप समूहका कार्यकर्ता प्रल्हाद गौतम धरौटीमा छुट्नुभएको छ । हिजो १९ हजार धरौटी रकम बुझाएपछि छुट्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया गाउँपालिका–४, छतिवनका गौतमलाई मकवानपुर प्रहरीले असार २८ गते पक्राउ गरेको थियो । विभिन्न घटनामा दोषी रहेको जनाउँदै प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । विप्लबका कार्यकर्ता प्रल्हाद गौतमले पार्टी परित्याग गरेको घोषणा पनि गरिसक्नुभएको छ ।