हेटौँडाः हेटौँडा आइतबारबाट सुरु भएको वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा हेटौंडा–८ ‘ए’ विजयी भएको छ । हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा सोमबारको पहिलो खेलमा हेटौंडा–१८ लाई हेटौंडा–८ ‘ए’ ले ४ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो व्याटिङकोे निम्तो पाएको हेटौंडा–१८ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो । हेटौंडा–१८ बाट निश्चल खतिवडाले सर्वाधिक ४१ रन बनाउन सफल भए । यस्तै रुप सागर दुलालले १५ रन बनाए ।
बलिङतर्फ स्पन्दन क्षेत्री, गौरव खड्का र सुरज भट्टराईले समान दुई–दुई विकेट लिएका थिए । गोकुल चौलागाईं र भुवन थापाले भने समान एक–एक विकेट लिए । हेटौँडा–१८ दिएको ८१ रनको लक्ष्य पछ्याएको हेटौंडा–८ ‘ए’ ले १२ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । हेटौंडा–८ का सन्देश ढकालले सर्वाधिक २१ रन जोड्न सफल भएका थिए । यस्तै निरज देउवानले १८ रन बनाउन सफल भए । भुवन थापाले ८ रन मात्र जोड्न सफल भए । बलिङतर्फ रुपसागर दुलाल र रिवाज बानियाँले समान दुई–दुई विकेट लिन सफल भए । म्यान अफ द म्याच सुरज भट्टराई घोषित भए ।
यस्तै सोमबार भएकै दोस्रो खेलमा हेटौँडा–२ विजयी भएको छ । हेटौँडा–९ लाई ५ विकेटले हराउँदै हेटौँडा–२ विजयी भएको हो । टस जितेर पहिलो व्याटिङ गरेको हेटौँडा–९ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ९ रन जोड्न सफल भएको थियो । वडा–९ बाट सुलभ पौड्यालले २४ रन बनाए । विमल घलानले २३ रन, मन्दिप घलानले २२ रन र सुजित खतिवडाले १० रन जोडे । बलिङतर्फ वडा–२ बाट कुन्दन कंशाकार र अंकुश साहले समान दुई–दुई विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको वडा–२ ले १३ ओभरमा ५ विकेट गुमाएर हेटौँडा–९ ले दिएको १ सय ९ रनको पूरा गरेको थियो । वडा–२ बाट शुभ कंशाकारले सर्वाधिक ४६ रन बनाउन सफल भएका थिए । यस्तै पिउस शर्माले २० रन बनाएका थिए भने सुरज कंशाकारले १० रन बनाएका थिए । हेटौँडा–९ बाट सागर स्याङ्तानले ३ विकेट लिएका थिए । इरोज राइ र सुलभ पौड्यालले समान एक–एक विकेट लिएका थिए । म्यान अफ द म्याच शुभ कंशाकार घोषित भए ।
यस्तै सोमबार नै भएको तेस्रो खेलमा हेटौँडा–१६ विजयी भएको छ । हेटौंडा–८ ‘बी’ लाई ४ रनले हराउँदै हेटौंडा–१६ विजयी भएको हो । टस जितेर पहिले व्याटिङ गरेको हेटौँडा–१६ ले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रन जोड्न सफल भएको थियो । १६ नम्बर वडाबाट सौगात प्रजाले २७ रन बनाउन सफल भएका थिए । यस्तै अनिष सापकोटाले २५ रन जोडका थिए । किरण चौलागाईंले १९ मात्र जोडेका थिए । बालिङतर्फ हेटौंडा–८ बाट सन्देश भट्टराईले सर्वाधिक ४ विकेट लिएका थिए । राजेश पराजुली, कवपाल अधिकारी र कृृष्ण पन्तले समान दुई–दुई विकेट लिएका थिए ।
हेटौंडा–१६ ले दिएको ९९ रनको लक्ष्य पछ्याएको हेटौंडा–८ ले १६ ओभर ४ बलमा १० विकेट गुमाएर ९५ रन मात्र जोड्न सफल भएको थियो । हेटौँडा–८ बाट कशपल पन्थले सर्वाधिक २१ रन बनाउन सफल भएका थिए । यस्तै उमेश देउजाले १७ रन बनाएका थिए । हेटौंडा–१६ बाट विरेन श्रेष्ठ र अनिश सापकोटाले समान ३–३ विकेट लिएका थिए । किरण चौलागाईँले २ विकेट लिएका थिए । म्यान अफ द म्याच अनिष सापकोटा घोषित भए ।
नेकपा एमाले ८ नम्बर वडा कमिटीको सहयोग तथा नेपाल खेलकुद महासंंघ वडा कमिटीको आयोजनामा प्रतियोगिता भएको हो । धर्मराज पुडासैनीको संयोजकत्वमा भएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट मार्चपास गर्ने टिमहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । लामो सयमदेखि खेलक्षेत्रमा योग्दान पु¥याउने व्यक्तिलाई सम्मान गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।