सांकेतिक तस्विर ।

हेटौंडाः बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–७, का हरि श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मकवानपुरकी एक बालिकालाई बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरबाट ७ दिनका लागि म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी भण्डारीले बताउनुभयो । अन्य कुरा बुझ्न खोज्दा “हामी अहिले अनुसन्धान गरिरहेका छौँ, धेरै बोल्न मिल्दैन” डिएसपी भण्डारीले भन्नुभयो । बलात्कारको अभियोगमा पक्राउ परेका श्रेष्ठ जनयुद्धकालमा माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजनका कमाण्डर रहेको बुझिएको छ । राजनीतिक दवावको कारण प्रहरीले घटनालाई सार्वजनिक गर्न चाहेको छैन ।