हेटौंडाः ग्रिल तथा स्टील व्यवसायी महासंघको केन्द्रीय समितिको उपाध्यक्षमा मकवानपुरका प्रकाश पौडेल र केन्द्रीय सदस्यमा कुमार पौडेल निर्वाचित हुनुभएको छ ।

६७ जिल्लामा शाखा विस्तार भएको महासंघको बिहीबार काठमाडौंमा सम्पन्न २८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट मकवानपुरका प्रकाश र कुमार केन्द्रीय समितिमा निर्वाचित हुनुभएको मकवानपुर ग्रिल तथा स्टील व्यवसायी संघका सचिव रवि नकर्मीले जानकारी दिनुभएको छ । प्रकाश पौडेल मकवानपुर जिल्ला शाखाका प्रमुख सल्लाहकार हुनुहुन्छ भने कुमार पौडेल मकवानपुर जिल्ला शाखाका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।