हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारी मरुङ्गेतालमा गैंडाको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय राम दिनेश कुशवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ब्रमहदेवी लामिदमार मध्यवर्ती सामुदायिक वन क्षेत्रअन्तर्गत मरुङ्गेतालमा शनिबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा कुशवार घाँस काट्न जाने क्रममा गैंडाको आक्रमणबाट मध्यम घाईते भएको प्रहरीले जनाएको छ । घाइते कुशवारलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । आक्रमण पश्चात गैंडा वनतर्फ गएको प्रहरीले जानकारी दिएको छ ।