हेटौंडाः सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई थाहा नगरपालिकाका स्थायी बासिन्दा भै हाल अमेरिकाको मेलबर्न निवासी विश्वराम गोपाली, प्रदीप विडारी र अमेरिकाका स्थायी बासिन्दा जोनी गोत्राले ९० हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
मामाघर नेपालको स्थापनाकालदेखि नै विभिन्न रूपमा सहयोग पुर्याइरहनु भएका बिश्वराम गोपालीले हाल नेपाल आएको मौका पारी आफैं मामाघर नेपालमा उपस्थित भई सहयोग रकम हस्तान्तरण गर्नु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ । २०६८ सालदेखि हेटौंडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालिन राहत, उद्दार, परामर्श, आवासीय सुबिधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको मामाघर नेपाल मकवानपुर स्थानीय दान, चन्दा र उपहारमा संचालित सामाजिक संस्था हो । सहयोगले ठुलो राहत मिलेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।