हेटौंडाः मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बालक घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१७, गैरीगाउँका ९ वर्षीय आयुष थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ ६ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा.प्र. ०३–००२ प ०५२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका थापालाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट थापाको टाउको र शरीरको विभिन्न भागमा चोट लागि घाइते भएको प्रहरीको भनाई छ ।
घाइते थापालाई उपचारका लागि सन्चो अस्पताल हेटौंडा लगिएको थियोे । सामान्य उपचारपश्चात् उनको थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।