हेटौंडाः पुर्वपश्चिम सडकखण्ड अन्र्तगत हेटौंडाको रातोमाटेमा बस र अटो एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक बारा जिल्ला रतनपुरका २४ वर्षीय मिलन सुनार रहेका छन् । दुर्घटना पश्चात् उपचारको क्रममा चुरेहिल अस्पतालमा मिलनको मृत्यु भएको हो ।
गए राति २ बजेर ३० मिनेटको समयमा चितवनबाट विरजञ्जतर्फ जाँदै गरेको प्रदेश २–३–००१ ख २४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ६४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटोमा सावर हेटौंडा १२ का ३५ वर्षीय शुवा सुनार घाइते भएको जनाएको छ । घाइते सुनारलाई हेटौंडाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको छ । दुर्घटना गराउने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।