हेटौंडाः बैंक अफ काठमाण्डुले समुदायमा पुगेर वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंक अफ काठमाण्डुको हेटौंडास्थित शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । हेटौंडा–४, कर्रादेखि पूर्वतर्फ हेटौंडा–४, गर्दोई हुँदै हेटौंडा–५, शान्तिनगरसम्म पुगेर आइतबार समुदायमा साक्षरता कार्यक्रम गरेको हो ।

समुदायमा पुगेर बैंकका कर्मचारीहरुले वित्तीय संस्थामा गर्न सकिने कारोबारहरु, वित्तीय संस्थामा कारोबार गर्न प्रेरित गर्ने कार्य गरेको बैंक अफ काठमाण्डुको हेटौंडा शाखाका सहायक प्रबन्धक अमृत सापकोटाले जानकारी दिनुभयो । बैंकको नियमित कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।