हेटौंडाः नेपाली काँग्रेस मकवानपुरले आगामी स्थानीय निर्वाचन जागरण घोषणासभा कार्यक्रम गर्ने भएको छ । आज शनिबार बिहान कार्यक्रमको पुर्वसन्ध्यामा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा “घरघर जाउ, काँग्रेस जिताउ” अभियान चल्ने जनाइएको छ । भोलिको नेपाली काँग्रेसले ७७ वटै जिल्लामा एकै पटक एकै समयमा नेपालको प्रधानमन्त्री एवम सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्नु हुने छ । कार्यक्रममा उद्घाटनमा प्रमुख व्यक्तित्व, क्रेन्द्रीय प्रतिनीधि गुरुराज घिमिरे र बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको उपस्थिति रहनेछ ।
आगामी स्थानीय तहको चुनावलाई कसरी लैजाने, स्थानीय तहका उम्मेदवारी क-कसलाई दिने, काँग्रेसलाई अगाडि बढाउनेबारे छलफल हुने जनाइएको छ । मकवानपुरमा रहेको १०२ वटा वडाहरुमा हुने स्थानीय तहको चुनावलाई कसरी काँग्रेसको पक्षमा लाने भन्ने विषयमा केन्द्रबाट आएको आदेश अनुसार कार्यक्रम संचालन गर्ने नेपाली काँग्रेस जिल्ला सभापति बुद्व लामाले बताउनुभयो ।