माधवी बोस र अभिषेक बोस बीचमा । फाइल तस्वीर ।

हेटौंडाः नेपाल खेलकुद महासंघ (नेकोस) राष्ट्रिय व्याडमिन्टन संघको उपाध्यक्षमा मकवानपुरकी माधवी बोस चयन हुनुभएको छ । शनिबार काठमाडौंमा भएको नेकोस राष्ट्रिय खेल संघहरुको संयुक्त भेलाबाट बोस उपाध्यक्षमा चयन हुनुभएको हो ।

संघको अध्यक्षमा मोरङ जिल्लाका उदय अर्याल चयन हुनुभएको छ । अर्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै अर्का उपाध्यक्षमा बाँकेका सुदीप योञ्जन, सचिवमा रामेछापका हरीवंश कडरिया, सह–सचिवमा काठमाडौंका राजकुमार पोखरेल र ललितपुरका विकास खेतान चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा ललितपुरका कमलेश निरौला चयन हुनुभएको छ । सदस्यमा मकवानपुरकै अभिषेक बोस पनि चयन हुनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!