नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः हेटौंडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको १३ र्औ वार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी कोषाध्यक्ष विष्णु कुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभाबाट पुनः नवराज खनालकै अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा अर्जुन प्रसाद शर्मा, सचिवमा चिरन कुमार घिमिरे र कोषाध्यक्षमा केदार अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा राजु देउला, विवेक आनन्द न्यौपाने, बैकुण्ठ लामिछाने, आकाश बहादुर थापा र दुर्गा कुमारी कार्की चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा विश्व प्रसाद गौतम, सदस्यमा गितानाथ ढुंगाना र सरिता बर्तौला निर्वाचित हुनुभएको छ ।

साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष नवराज खनालले सहकारीले २ करोड ६४ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको जानकारी गराउनुभयो । सरकारीको सेयर पुँजी ३० लाख ३५ हजार रुपैयाँ रहेको र बचत १ करोड ६३ लाख ३३ हजार रुपैयाँ रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । साधारणसभाको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, असल कारोबारी, उत्कृष्ट कर्मचारी, ज्येष्ठ सदस्य, उत्कृष्ट अंकसहित कक्षा १२ मा उत्तीर्ण गर्ने सेयर सदस्यका परिवारका विद्यार्थीलाई सम्मान गरेको छ ।