हामीले सर्वप्रथम शिक्षकको सम्मान गर्नुपर्छ । हामीले कहिले पनि शिक्षकको कदर नगरिकन शिक्षा प्राप्त गर्न सक्दैनौ । शिक्षले नै हामी विद्यँर्थीहरुलाई ज्ञान,सीप र अभिवृद्धि विकास गराउन मद्धत गर्नुहुन्छ ।
हाल शिक्षाको महत्व ठूलो रहेको देखिन्छ । शिक्षा भनेको त्यत्तिकै पाउँदै । हामीले धेरै परिश्रम गरेर पढ्यो भने मात्र शिक्षा पाउँछौ ।शिक्षा सबैलाई चाहिन्छ । शिक्षा नभएमा व्यक्तिको मनोबल कायम रहँदैन । शिक्षा भनेको सबैलाई एक समान हुन्छ । धनीलाई राम्रो शिक्षा र गरीबलाई नराम्रो शिक्षा । सोच्दा खेरी मान्छेहरुलाई यस्तै अनुभव होला तर यस्तो होइन । ज्ञान भनेको सबैले समान रुपमा पाउने हो । शिक्षा भनेको केटाले पाउने र केटीले नपाउने त्यस्तो भेदभाव गर्नुहुँदैन । आजकल शहर र गाउँ दुवै ठाउँमा केटालाई मात्र नभई केटीलाई पनि विद्यालय पठाउँछन् । यो खुशीको कुरा हो ।
नपढेको व्यक्तिहरुले नयाँ—नयाँ औद्योगिक समानहरु प्रयोगमा ल्याउँन सकिदैँन । यस्तै अशिक्षित व्यक्तिहरुले देशको विकासमा बाधा ल्याउँछन् । एउटा पढेका र शिक्षित व्यक्तिले पनि आफ्नो र देशको पनि भलो गर्न सक्छन् । हामीले राम्रो पढेमा राम्रो शिक्षा र नराम्राो पढेमा नराम्रो शिक्षा नै मिल्छ । त्यो सबै कुरा हामी माथि नै छ । त्यसैले हामीले सकेसम्म राम्रो शिक्षाको अनुशरण गर्नुपर्छ । यसो नगरेमा हाम्रो पछिको जीवन दुःखमय हुन्छ । त्यसैले,यो संसारमा शिक्षा भन्दा अरु कोही पनि ठूलो छैन ।
शिक्षा नै हाम्रो जीवन हो । शिक्षा नै हाम्रो प्राण हो ।
शिक्षा नै हाम्रो धन हो । यस कुरालाई कहिँले पनि नबिर्सौ ।।